लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा राष्ट्रिय परिचय पत्र प्रयोगमा आउने

बिर्तामोड । सरकारले साउन १ गतेदेखि लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा राष्ट्रिय परिचय पत्रलाई नै प्रयोगमा ल्याउने भएको छ ।

अहिलेसम्म परिचयपत्रको काम नै नभएपछि साउन १ गतेदेखि भने व्यापकरुपमा प्रयोगमा ल्याउने निर्णय सरकारले गरेको छ । यही जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले साउन १ गतेदेखि यसको प्रयोग बढाउने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को बैठकअनुसार साउन पहिलो सातादेखि सवारी चालक लाइसेन्स, प्यानकार्ड र मतदाता परिचयपत्रको साटो परिचयपत्र प्रयोग गर्दा हुने व्यवस्था गरिनेछ । यस्तै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता र पेन्सन लिन परिचयपत्र अनिवार्य गरिनेछ । यी काममा भने नम्बर मात्रै भए पनि पुग्नेछ ।

राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो ।  तयार भइसकेको परिचयपत्र लिन नागरिक नआउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्ड थुप्रिएको छ । १ करोड ४९ लाख जनाले राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया पूरा गरेर नम्बर लिइसकेका छन् । सरकारले राहदानी बनाउनलाई परिचयपत्रको नम्बर अनिवार्य गरेपछि सर्वसाधारण बाध्यताबस बनाइरहेका छन् ।


यसबाहेक परिचयपत्रको अन्य कुनै प्रयोग छैन । सोही कारण परिचयपत्र बनाउने प्रक्रिया पूरागरेर नम्बर लिए पनि कयौँ नागरिक राष्ट्रिय परिचयपत्र लिन गएका छैनन् । १ करोड ५९ लाख जनाले परिचयपत्र बनाउने प्रक्रिया पूरागरेकोमा यसमध्ये ३८ लाख जनाको परिचयपत्र छपाइ भइसक्यो । यीमध्ये ८ लाख जनाले मात्रै परिचयपत्र लिएको विभागका परिचयपत्र महाशाखाका निर्देशक मुकेशकुमार केसरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
50
सम्बन्धित

लोकप्रिय

लोकप्रिय