अर्जुनधारा जेसीजको अध्यक्षमा बसन्त बुढाथोकी निर्वाचित

शनिश्चरे । अर्जुनधारा जेसीज वर्ष २०२४ को अध्यक्षमा जेसी बसन्त बुढाथोकी निर्वाचित हुनुभएको छ । अर्जुनधारा जेसीजको आज सम्पन्न १२ औं साधारणसभाबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा बुढाथोकी निर्वाचित हुनुभएको हो ।

जेसीजकाे नवनिर्वाचित पदाधिकारीहरु तर्फ कार्यकारिणी उपाध्यक्षमा जेसी वेदनारायण गोदार र जेसी भबानी बराल, कानूनी सल्लाहकारमा जेसी बालगोपाल गाैतम, महासचिवमा जेसी मनोज सिटाैला र कोषाध्यक्ष जेसी विमला भट्टराई निर्वाचित हुनुभएको अर्जुनधारा जेसीजका बर्ष २०२० का अध्यक्ष भास्कर भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, बर्ष २०२४ का लागि उपाध्यक्षमा जेसी टंक प्रसाद दहाल, जेसी भिम बराल, जेसी सागर घिमिरे र जेसी सुरेन राई निर्वाचित हुनुभएको भट्टराईले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय