८ वर्ष अघिको नाकाबन्दी सम्झिँदै ओली-‘देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ’

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै परिस्थितिमा पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताउनुभएको छ । आठ वर्षअघि भारतले नेपालमा गरेको नाकाबन्दी स्मरण गर्दै ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियानमा सधैं एक जुट हुनुपर्ने बताउनुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जालमा ‘इतिहासमा आज!’ शीर्षकमा उहाँले असोज ६ गतेको सम्झना गर्नुभएको हो ।

ओलीले लेख्नुभएको छ,–‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु, अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौँ, देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं।’


उहाँले यस्ता घटनाले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिने उल्लेख गर्नुभएको छ,–‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ, जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’

संविधानसभाबाट असोज ३ गते संविधान जारी भएपछि भारतले नेपालमा नाकाबन्दी लाएको थियो। त्यसबेला ओली मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । सरकारको नेतृत्व गर्दा ओलीले मुलुकको हितमा गर्नुभएका कामहरुले अहिले पनि चर्चा पाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
60
सम्बन्धित

लोकप्रिय

लोकप्रिय