|
684 SHARES |
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गर्नुभएको थियो। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्रीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत वार्तामा सहभागी भएका थिए।

दुवै देशका उच्च अधिकारीहरूको सहभागितामा भएको वार्तालाई नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।









