गरामनीमा निःशुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा



834 SHARES

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-७ गरामनीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३११ जनाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । शिविरमा बिरामीलाई साढे तीनलाख रुपैयाँ बराबरको औषधिसमेत निःशुल्क वितरण गरिएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडले नेकपा एमालेका वडा नम्बर ७, ८ र ९ को व्यवस्थापनमा दुर्गा माध्यमिक विद्यालयको परिसरमा शिविर आयोजना गरेको हो । शिविरमा स्त्री तथा प्रसूति रोग, मुटु रोग, हाडजोर्नी, फिजिसियन र दन्तरोग विशेषज्ञले सेवा प्रदान गरेका छन् ।

विज्ञापन

बिर्तामोडस्थित कनकाई, मनमोहन र बिर्तामोड नगर अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गरेका थ
हुन् । आयोजक महासंघका अध्यक्ष युवराज निरौलाले शिविरमा स्वास्थ्य जाँच गराउन आएका बिरामीलाई साढे तीनलाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको जानकारी दिए ।

विज्ञापन

शिविरको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य देवेन्द्र दाहालले गरेका थिए । उद्घाटन कार्यक्रममा उनले देश नै विभिन्न समस्याबाट गुज्रिरहेको अवस्थामा नागरिकलाई सचेत बनाउँदै स्वास्थ्य सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण भएको बताए ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले पनि नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरिन् । समयमै स्वास्थ्य जाँच गराउँदा सम्भावित रोग पहिचान गर्न र जटिलता कम गर्न सहयोग पुग्ने उनले बताइन् ।

‘स्वास्थ्यमा समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि कतिपय मानिस परीक्षण गराउन अस्पताल पुग्दैनन्,’ नगर प्रमुख प्रसाईंले भनिन्, ‘रोगले च्यापेपछि मात्रै चिकित्सककहाँ पुग्दा समस्या गम्भीर बनिसकेको हुन सक्छ । त्यसैले स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ ।’

कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले स्थानीयस्तरमा आयोजना हुने यस्ता स्वास्थ्य शिविरले अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई विशेषज्ञ सेवा लिन सहयोग पुग्ने बताए ।

महासंघका अध्यक्ष निरौलाले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसको संरक्षणमा सबै सचेत हुनुपर्ने बताए । स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने अवसर प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले जानकारी दिए ।

शिविरमा विशेषज्ञ सेवा उपलब्ध गराउने कनकाई, मनमोहन र बिर्तामोड नगर अस्पताल तथा सहभागी चिकित्सकलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय