तेस्रो मिस्टर कञ्चनजंघाका च्याम्पियन बने बुटवलका अनिश मगर



804 SHARES

बिर्तामोड । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको उपाधि बुटवलका अनिश मगरले जितेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मगरले च्याम्पियनको उपाधिसहित ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

विज्ञापन

प्रतियोगिता बिर्तामोडस्थित बडी ग्यारेजको आयोजनामा सम्पन्न भएको हो। विभिन्न स्थानबाट आएका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा शारीरिक सुगठनतर्फका खेलाडीहरूले आफ्नो शारीरिक बनावट, मांसपेशी र प्रस्तुतीकरणका आधारमा प्रतिस्पर्धा गरेका थिए।

विज्ञापन

आयोजक बडी ग्यारेजले शारीरिक सुगठन खेलको विकास, खेलाडीलाई प्रोत्साहन तथा यस क्षेत्रमा नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय