|
973 SHARES |
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्।
मन्त्रिपरिषद्ले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर त्यसअनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो।
सोहीअनुसार राष्ट्रपति पौडेलले भोलि शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संसदका दुबै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ। यसअनुसार सरकारबाट अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।
संघीय संसद्को चालु अधिवेशन २०८३ वैशाख २८ गते शुरु भएको हो।










