भोटेकोशी–त्रिशूली बाढीको तीन हप्ता : १ हजार ३९५ शव भेटिए, ५ हजार १३० अझै बेपत्ता



720 SHARES

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता पुगेको छ। बाढीपछि हालसम्म १ हजार ३९५ जनाको शव भेटिएको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित चितवनमा ३६४ वटा शव भेटिएका छन्। भेटिएका शवमध्ये हालसम्म १०४ जनाको सनाखत भएको छ।

विज्ञापन

सनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

विज्ञापन

बाढीपछि विभिन्न स्थानबाट हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका नागरिकमध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूमा नुवाकोटका १ हजार ४९९, रसुवाका ८२५ र धादिङका ९४ जना रहेका छन्।

त्यस्तै, बाढीमा परी घाइते भएका तथा प्रभावितमध्ये विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएको थियो। तीमध्ये २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

तीन साता बितिसक्दा पनि ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ। बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको र बेपत्ताको खोजी तथा शव पहिचानको काम जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय