काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब रु १२ अर्ब जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।
हाल नौ वटा वाणिज्य बैंकमा कोषको रु ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ मौज्दात रहेको कार्यालयले जनाएको छ । कोषमा जम्मा भएको रकममध्ये यसअघि रु १ अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ ।
यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा रु २ करोड ११ लाख ८ हजार ४७१ बराबर रकम जम्मा भएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।










