भोटेकोशी बाढीः १ हजार ३४१ जनाको शव भेटियो, ४ हजार भन्दाबढी अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५ सय २३ पुरुष, ३ सय २५ महिला र ४ सय ९३ वटा आंशिक अंग रहेका छन् ।

विज्ञापन

बाढीका कारण अझै ४ हजार ४४ जना बेपत्ता छन् । बेपत्तामध्ये ३ हजार ४ सय ३८ जना नेपाली र ६ सय ६ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ जना प्रहरी परिचालन गरिएको छ । बाढीका कारण ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बाढीमा परी घाइते तथा प्रभावित भएका ९ हजार १ सय ५१ जनाको उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । हाल ३ हजार ९८ जना प्रभावितलाई होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलाई तीव्रता दिइएको छ । हालसम्म १ हजार २ सय ८६ मृतक र १ हजार १ सय ८६ आफन्त गरी कुल २ हजार ४ सय ७२ वटा डीएनए नमुना संकलन गरिएको छ ।

फेला परेका शवमध्ये ९८ वटा आफन्तलाई बुझाइएको छ भने १ हजार ३७ वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय