चीनतर्फको सीमा क्षेत्रमा बेपत्ता हुनेको सङ्ख्या ५५८ पुग्यो

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको पहिरो तथा बाढीपछि चीनतर्फ बेपत्ता हुनेको सङ्ख्या ५५८ पुगेको छ।

स्थानीय सिङ्गात्से सहर सरकारलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ता हुनेको सङ्ख्या ५५८ पुगेको जानकारी दिइएको हो। यो बुधबार सार्वजनिक गरिएको २६५ जनाको सङ्ख्याभन्दा दोब्बरभन्दा बढी हो।

विज्ञापन

नेपाल–चीन सीमामा बुधबार गएको पहिरोपछि दुई जनाको जीवितै उद्धार गरिएको तिब्बत स्वायत्त क्षेत्रका अधिकारीले बताएका छन्। उद्धार गरिएका व्यक्तिको पहिचान र स्वास्थ्य अवस्थाबारे भने जानकारी सार्वजनिक गरिएको छैन।

विज्ञापन

उद्धार तथा खोजी कार्य जारी रहे पनि चीनतर्फ पहिरो र बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन नै रहेको जनाइएको छ।

यसैबीच, चीनको रेडक्रस सोसाइटीले बिहीबार प्रभावित क्षेत्रमा ५ हजार ५ सयभन्दा बढी बाकस पानी तथा खाना उपलब्ध गराएको छ। साथै २ हजार ५ सयभन्दा बढी पाल, स्वच्छता सामग्री, ओढ्ने, ओछ्याउने सामग्री र ज्याकेट वितरण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय