किरात राई यायोक्खा झापाको अधिवेशन भदौ २० र २१ गते



684 SHARES

बिर्तामोड । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन भदौ २० र २१ गते बिर्तामोडमा हुने भएको छ।

अधिवेशनको तयारीबारे यायोक्खा झापाले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। राई जातिको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई संगठनमा जोड्ने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको यायोक्खाले जनाएको छ।

विज्ञापन

अधिवेशन सम्पन्न गर्न यायोक्खाले विभिन्न उपसमिति गठन गरेको छ। तयारी उपसमितिको संयोजकमा जिल्ला उपाध्यक्ष लीलाबहादुर राई, आर्थिक उपसमितिको संयोजकमा सचिव गौरीमान राई, प्रचारप्रसार उपसमितिको संयोजकमा सहसचिव सन्देश राई, अतिथि सत्कार उपसमितिको संयोजकमा चिजा राई तथा युवा तथा स्वयंसेवक उपसमितिको संयोजकमा सुनिल राई रहेका छन्।

विज्ञापन

अधिवेशनका प्रमुख अतिथिका रूपमा किरात राई यायोक्खाका जीवन हताक्ष राई सहभागी हुने बताइएको छ।

यायोक्खाका अनुसार झापामा राई समुदायका २६ भाषीमध्ये अधिकांशको बसोबास रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार झापामा करिब ६० हजार राईको जनसंख्या रहेको यायोक्खा झापाका सचिव गौरीमान राईले जानकारी दिए।

झापाका १५ वटै पालिकाअन्तर्गत विभिन्न ३७ स्थानमा किरात राई यायोक्खाका प्रारम्भिक तथा संयुक्त वडा समिति गठन भएका छन्। ती समितिमार्फत विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुँदै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

यायोक्खाले उभौली र उधौलीजस्ता पर्वलाई सामूहिक रूपमा मनाउँदै समुदायबीच भाइचारा र सामाजिक सम्बन्ध कायम गर्दै आएको जनाएको छ। नयाँ नेतृत्व चयन गर्दै राई समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षणका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले अधिवेशन गर्न लागिएको यायोक्खाले जनाएको छ।

यसैबीच, सुनसरीको धरानस्थित ऐतिहासिक किरात स्थल विजयपुर दरबारका विषयमा उठेको विवाद आपसी समझदारीमार्फत समाधान हुँदै गएको जानकारीसमेत पत्रकार सम्मेलनमा दिइयो।

प्रचारप्रसार उपसमिति संयोजक तथा यायोक्खा झापाका सहसचिव सन्देश राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष गणेशबहादुर राई, सल्लाहकार दिपिन राईलगायतले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए।

अधिवेशन सम्पन्न गर्न करिब ५ देखि ७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय