|
717 SHARES |
झापा । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ। बिहीबार प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार थप ३ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ। यो बिहीबारको तुलनामा प्रतितोला १ सय ३० रुपैयाँको वृद्धि हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ५ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।










