|
716 SHARES |
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले राजीनामा दिनुभएको छ ।
प्रदेशसभामा विश्वासको मत नपाउने अवस्था देखिएपछि मुख्यमन्त्री बाँनियाले राजीनामा दिनुभएको हो । बागमती प्रदेशसभामा हाल १०४ सदस्य छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्यमन्त्री बाँनियाको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) का २ गरी ३८ सांसद मात्रै देखिएका थिए । बहुमत जुटाउन नसक्ने भएपछि उहाँले राजीनामा दिनुभएको हो ।










