|
692 SHARES |
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटोमा अघि बढ्न सकिने बताएका छन्।
शुक्रबारदेखि सुरु भएको कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टीले विगतका अनुभवबाट सिक्दै आगामी गन्तव्य स्पष्ट गर्नुपर्ने बताए।
‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ,’ देउवाले भने।
देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै उनले समाजमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए।
‘संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सबै साथीहरूले सजग भएर राष्ट्रिय एकता कायम गर्न र लोकतन्त्रलाई सुदृढ गर्ने भूमिका खेल्नुपर्ने हुन्छ,’ उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ। निराशालाई आशामा बदल्नुपर्ने हुन्छ। यो दायित्व पनि नेपाली कांग्रेसले लिनुपर्ने हुन्छ।’










