|
925 SHARES |
झापा । भन्सार छली ल्याइएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान प्रहरीले बिर्तामोडबाट बरामद गरेको छ।
बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी टोलको शनिश्चरे रोडबाट बिहीबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले ९ लाख ५ हजार ४५ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानमा हुडी, ज्याकेट, केटाकेटीका ट्राउजर, विभिन्न प्रकारका भेस्ट, अमूल पिज्जा चिज, दूध पाउडर, मिल्किस्ट चिज बिस्कुट, हल्दिरामको पालक पनिर पाउडर, हल्दिरामको मटर पनिर, मिश्रीलगायत रहेका छन्।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।










