सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, सुनको मूल्य प्रतितोला ४ हजार २ सयले बढ्यो



9,000 SHARES

झापा । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले वृद्धि भई २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ। मूल्यवृद्धिसँगै चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको थियो।

विज्ञापन

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार सुनको मूल्य प्रतिऔंस ४ हजार १२७ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔंस ६० अमेरिकी डलर कायम भएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय