२६ दिनपछि सामाजिक अभियन्ता सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनदेखि जारी आमरण अनशन अन्त्य गरेका छन्।

उनले केन्द्रीय मन्त्री जेपी नड्डा, डा। जितेन्द्र सिंह तथा लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोडेका हुन्। वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत अनशन अन्त्य गरेको जानकारी दिएका छन्।

विज्ञापन

उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति र देशमा सम्भावित हिंसाको जोखिमलाई मध्यनजर गर्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो।

विज्ञापन

यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले पत्र लेख्दै स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अनशन अन्त्य गर्न आग्रह गरेका थिए।

एक्समा उनले लेखेका छन्, “सहमतिका सर्तबारे म छिट्टै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु। त्यसबेलासम्म सबैलाई जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु।”

भारतमा मेडिकल शिक्षासम्बन्धी नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरण को विरोधमा विद्यार्थीहरू एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आन्दोलनरत छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। यही आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय