नक्सलबारीमा साढे ३ केजी ब्राउन सुगरसहित दुई तस्कर पक्राउ



714 SHARES

झापा । भारतको पश्चिम बंगालस्थित नक्सलबारीमा करिब साढे ३ केजी ब्राउन सुगरसहित दुई जना लागूऔषध तस्कर पक्राउ परेका छन्।

पश्चिम बंगाल प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) ले लागूऔषध तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानका क्रममा माल्दा जिल्लाका मिजानुल शेख र नसीम शेखलाई पक्राउ गरेको हो। दुवै जना माल्दा जिल्लाको बैष्णवनगर क्षेत्रका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विज्ञापन

प्रहरीका अनुसार उनीहरू अबेर राति माल्दाबाट नक्सलबारीमा लागूऔषध पुर्‍याउन आएका थिए। गोप्य सूचनाको आधारमा एसटीएफको टोलीले नक्सलबारीको रथखोला मोडमा छापा मारेर दुवैलाई नियन्त्रणमा लिएको थियो।

विज्ञापन

खानतलासीका क्रममा उनीहरूले बोकेको किनमेलको झोलाबाट करिब साढे ३ केजी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषधसहित दुवै अभियुक्तलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नक्सलबारी प्रहरी थानामा बुझाइएको छ।

एसटीएफका अनुसार पक्राउ परेका दुवै व्यक्ति लामो समयदेखि अवैध लागूऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा तस्करी सञ्जालको पहिचान गरी खोजी कार्यलाई तीव्र बनाइएको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय