गृहमन्त्री गुरुङको झापामा व्यस्त दौडाहा, काँकडभिट्टा नाका र भन्सारको अनुगमन

झापा । कोशी प्रदेशका विभिन्न जिल्लाको अनुगमनका क्रममा गएराति झापा आइपुगेका गृहमन्त्री सुधन गुरुङ आज दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहेका छन्।

आज बिहान ९ः१० बजे अर्जुनधारा–११ स्थित सालबारी हेरिटेज भिल्लामा बसेका गृहमन्त्री गुरुङसँग झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डेले भेटघाट गरेका थिए।

विज्ञापन

त्यसपछि बिहान १०ः१५ बजे उनी बीएसी २६२० नम्बरको सरकारी सवारीमा मेचीनगर–४ बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्रको अनुगमनका लागि प्रस्थान गरेका थिए। सोही क्रममा बिहान १०ः५५ बजे बुद्धशान्ति–६ सन्तपुर पुगेर जेन जी आन्दोलनका घाइते अनिकेत चौलागाईँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भेटघाट गरेका थिए।

विज्ञापन

बिहान ११ः४५ बजे गृहमन्त्री गुरुङ मेचीनगर–६ स्थित काँकडभिट्टा नाकामा पुगेका थिए। उनले यात्रु जाँच कक्ष, सीमा क्षेत्र तथा मेची भन्सार कार्यालयको निरीक्षण एवं अनुगमन गरेका थिए। अनुगमनका क्रममा उनले सेवाग्राहीका गुनासा सुन्नुका साथै भन्सार कर्मचारी र सुरक्षा निकायलाई सीमा व्यवस्थापन प्रभावकारी बनाउन तथा सुरक्षा व्यवस्था थप चुस्त-दुरुस्त बनाउन निर्देशन दिएका थिए।

सीमामा हुने चोरी–तस्करीलाई शून्यमा झार्ने गरी कडाइका साथ काम गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिएको एक सुरक्षा अधिकारीले जानकारी दिए।

अनुगमनपछि गृहमन्त्री गुरुङ नक्कलबन्दा हुँदै पुनः हात्ती प्रभावित बाहुनडाँगी क्षेत्रतर्फ गएको जनाइएको छ। उनी आज राति पनि झापामै रहने कार्यक्रम रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय