बैतडीमा यात्रुवाहक बस १०० मिटर तल खस्यो, २० जना घाइते

बैतडी । गैराखानमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो करिब ३ः३० बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाका अनुसार पाटन–६ का ३१ वर्षीय दीपक विक, पाटन–८ का करिब ६० वर्षीय एक पुरुष र करिब ५५ वर्षीया एक महिलाको टाउकोमा गम्भीर चोट लागेको छ।

विज्ञापन

घाइतेमध्ये नौ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। बाँकी नौ जनालाई पनि उपचारका लागि डडेल्धुरातर्फ लगिएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सेनाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय