शनिश्चरे बजारमा पहिलोपटक सटिङ–सुटिङ सञ्चालन, एक सातासम्म १० प्रतिशत छुट



745 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरे बजारमा पहिलोपटक सटिङ–सुटिङ व्यवसाय सञ्चालनमा आएको छ। युवा व्यवसायी भुपाल परियारले शनिबारदेखि ‘न्यू डिजाइन टेलरिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन्।

शनिश्चरे माध्यमिक विद्यालयका दुईवटा व्यावसायिक सटरमा सञ्चालनमा आएको उक्त सेन्टरले सुलभ मूल्यमा गुणस्तरीय कपडा तथा उत्कृष्ट सिलाइ सेवा प्रदान गर्दै ग्राहकलाई सहज, आकर्षक र सन्तोषजनक सेवा दिने लक्ष्य लिएको सञ्चालक परियारले बताए।

विज्ञापन

करिब पाँच लाख रुपैयाँको प्रारम्भिक लगानीमा सञ्चालनमा आएको सेन्टरको उद्घाटन अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गरेका थिए।

विज्ञापन

सेन्टरमा स्पेशलिस्ट सटिङ–सुटिङ, विद्यालय तथा कलेजका पोशाक, सरकारी कार्यालयका पोशाक, दौरा–सुरुवाल, पाल्पाली ढाका टोपी, चौबन्दीलगायतका विभिन्न पोशाक तयार गरिने जनाइएको छ।

रोजगारी सिर्जना र सीपमूलक व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको सेन्टरमा हाल दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। ग्राहकको मागअनुसार अर्डर बढ्दै गएमा थप रोजगारी सिर्जना हुने सञ्चालक परियारको विश्वास छ।

उद्घाटनको अवसरमा सेन्टरले एक सातासम्म तयार गरिने विभिन्न पोशाकमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरेको जनाएको छ।

यसका साथै आगामी दिनमा विभिन्न जातजातिका सांस्कृतिक तथा जातीय पोशाक भाडामा उपलब्ध गराउने योजना पनि सेन्टरले अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय