लियो क्लब अफ बिर्तामोड लेडीको अध्यक्षमा सपना रिमाल

बिर्तामोड। लियो क्लब अफ बिर्तामोड लेडीको लायन वर्ष २०२६/२०२७ का लागि अध्यक्षमा सपना रिमाल निर्वाचित भएकी छन्।


बिर्तामोडमा आज आयोजित पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रमका बीच रिमाललाई नयाँ अध्यक्षका रूपमा घोषणा गरिएको हो। रिमाल हाल झापाको अर्जुनधारा नगरपालिकामा वातावरण अधिकृतका रूपमा कार्यरत छिन्। यसअघि उनी लियो वर्ष २०२५/२०२६ मा क्लबको उपाध्यक्षको जिम्मेवारीमा थिइन्।

विज्ञापन

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रतिका शिवाकोटी, सचिवमा इशा पोखरेल, सहसचिवमा सोनिया आङ्दाङ्वे, कोषाध्यक्षमा आरती योङहाङ तथा सहकोषाध्यक्षमा पूजा नेपाल चयन भएका छन्।

विज्ञापन

अध्यक्षमा निर्वाचित भएपछि रिमालले आफूलाई योग्य ठानी नेतृत्वको जिम्मेवारी सुम्पिने सम्पूर्ण सदस्यप्रति हार्दिक आभार व्यक्त गरिन्। उनले आफ्नो व्यस्त पेशागत जीवनका बाबजुद पनि सामाजिक सेवा नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै इमानदारी, समर्पण, पारदर्शिता र उत्तरदायित्वका साथ कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

उनले यो यात्रा आफ्नो एक्लैको नभई सम्पूर्ण कार्यसमिति, सदस्य तथा अग्रजहरूको साथ, सहयोग र मार्गदर्शनमा अघि बढ्ने बताउँदै क्लबलाई अझ सक्रिय, प्रभावकारी र सेवामुखी संस्था बनाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा निवर्तमान नेतृत्वबाट नवनिर्वाचित कार्यसमितिलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय