झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु



975 SHARES

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब ६ः३० बजे गौरीगञ्ज गाउँपालिका–३ स्थित सयपत्री टोलमा चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका भोजपुर जिल्लाको आमचोक गाउँपालिका–९ निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको हो।

विज्ञापन

प्रहरीका अनुसार बलबहादुर श्रेष्ठ खेतमा आली खन्ने क्रममा पानीसँगै आएको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको थियो।

विज्ञापन

घटनापछि प्रहरी टोलीले आवश्यक प्रक्रिया सुरु गरेको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय