अर्जुनधारामा बिरिङ खोलाले सानेसी पौनीको मुहानमा क्षति, नगरप्रमुखले गरे निरिक्षण



677 SHARES

शनिश्चरे । लगातारको वर्षापछि अर्जुनधारा नगरपालिका–१ स्थित बिरिङ खोलाले सानेसी पौनीको मुहान क्षेत्रमा क्षति पुर्‍याएको छ।

क्षतिबारे जानकारी पाएपछि नगर प्रमुख बलदेवसिंह गोम्देनले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनपश्चात् मुहान संरक्षणका लागि आवश्यक तारजाली तथा अन्य सामग्रीको तत्काल व्यवस्था मिलाइएको नगर प्रमुखको सचिवालयले जनाएको छ । 

विज्ञापन

नगर प्रमुखको सचिवालयका अनुसार मुहान संरक्षण तथा मर्मतको काम आजैदेखि सुरु गरिने भएको छ। संरक्षण कार्य तत्काल सुरु हुने भएपछि स्थानीयवासी हर्षित भएका छन्।

विज्ञापन

स्थानीयले वर्षायाममा बिरिङ खोलाको बहावका कारण मुहान क्षेत्रमा पटक–पटक क्षति पुग्ने गरेको बताउँदै दीर्घकालीन संरक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय