नेपाल पत्रकार महासंघ झापाको सचिवमा प्रदीप परियारले सम्हाले कार्यभार



678 SHARES

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव पदको आगामी डेढ वर्षे कार्यकालका लागि प्रदीप परियारले कार्यभार सम्हाल्नुभएको छ।

महासंघको कार्यालयमा आइतबार आयोजित बैठकमा डेढ वर्षे कार्यकाल पूरा गर्नुभएका सचिव राजु पाठकले सचिव परियारलाई माइन्युट हस्तान्तरण गर्नुभएको हो।

विज्ञापन

नेपाल पत्रकार महासंघ झापा शाखाको तीन वर्षे कार्यकालका लागि २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा सचिव पदका उम्मेदवार प्रदीप परियार र राजु पाठकले समान ९९–९९ मत प्राप्त गर्नुभएको थियो। त्यसपछि निर्वाचन समितिले पहिलो डेढ वर्षे कार्यकाल राजु पाठकले र दोस्रो डेढ वर्षे कार्यकाल प्रदीप परियारले सम्हाल्ने निर्णय गरेको थियो।

विज्ञापन

कार्यभार हस्तान्तरण कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्यहरूले सचिव पाठकले आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरेका थिए। सो अवसरमा महासंघका अध्यक्ष एकराज गिरीले खादा लगाएर सचिवद्वय पाठक र परियारलाई स्वागत तथा बिदाइ गर्नुभएको थियो।

कार्यक्रममा निवर्तमान सचिव पाठकले आफ्नो डेढ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोग प्राप्त भएको बताउँदै आगामी दिनमा पनि महासंघका गतिविधिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनियुक्त सचिव परियारले नेपाल पत्रकार महासंघ झापा शाखालाई थप रचनात्मक, सक्रिय र प्रभावकारी बनाउन आफू प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय