रोङ, इलाम । रोङ गाउँपालिका–२ बदमटार स्थित शशी माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सन्तबहादुर तामाङ सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
विद्यालयमा जेठ २९ गते शुुुक्रबार सम्पन्न आमअभिभावक भेलाले तामाङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो। नवनिर्वाचित अध्यक्ष तामाङ लामो समयदेखि रोङ गाउँपालिकामा सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ। उहाँले हाल रोङ-२ को सिर्जना सामुदायिक वन उपभोक्ता समूहको सचिवको जिम्मेवारी समेत सम्हालिरहनुभएको छ।
भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा विकास बराल, पवित्रा गजमेर र वन्दना राई चयन हुनुभएको छ।
साथै शिक्षक अभिभावक संघतर्फ अमृता खुलाल संयोजक चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा बुद्धिमान राई, तारा तामाङ, इन्द्रा कार्की, चन्द्रा तामाङ, लिला श्रेष्ठ र मुना बस्नेत चयन हुनुभएको विद्यालयले जनाएको छ।

नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विद्यालय परिवारले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।









