जिल्ला प्रशासन कार्यालय झापामा पत्रकारहरूको पुनः धर्ना

झापा । जिल्ला प्रशासन कार्यालय झापाजिल्ला प्रशासन कार्यालय झापामा पत्रकारहरूले फेरि धर्ना दिएका छन्।

दुई दिनअघि पनि सोही कार्यालयमा धर्ना दिएका उनीहरूले सञ्चार क्षेत्रमा संकट ल्याउने गरी सरकारको विभेदकारी र स्वेच्छाचारी सूचना तथा विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न माग गर्दै पुनः धर्ना दिएका हुन्।


नेपाल पत्रकार महासंघनेपाल पत्रकार महासंघ केन्द्रको घोषणा अनुसार महासंघ झापा शाखाको अगुवाइमा पत्रकारहरूले कार्यालयको मुख्य प्रवेशद्वारमा एक घण्टा धर्ना दिएका थिए।

विज्ञापन

धर्नाका क्रममा “सूचना विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेज गर”, “प्रेस स्वतन्त्रता सुनिश्चित गर”, “निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

महासंघले विगत दुई महिनादेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएको छ। वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले महासंघका माग सम्बोधनमा पहल नगरेको भन्दै थप आन्दोलनका कार्यक्रम पनि घोषणा गरिएको बताइएको छ।

चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन–प्रसारण गर्न निर्देशन दिएपछि पत्रकारहरूले त्यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विरोध जनाउँदै आएका छन्।

धर्नापछिको कोणसभामा वक्ताहरूले सरकारी निर्णयले निजी सञ्चारमाध्यमलाई असर पार्ने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय