उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षासेवी राईद्वारा नगद पुरस्कार



9,000 SHARES

झापा । अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालय बाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई शिक्षासेवी वीरबहादुर राईले नगद पुरस्कार प्रदान गर्नुभएको छ।

उहाँले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्रेडअनुसार नगद पुरस्कार वितरण गर्नुभएको हो। ए प्लस (A+) र ए (A) ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई जनही ४ हजार रुपैयाँ, बी प्लस (B+) ल्याउनेलाई ३ हजार रुपैयाँ तथा बी (B) ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई २ हजार रुपैयाँका दरले जम्मा २६ हजार रुपैयाँ प्रदान गरिएको छ।

विज्ञापन

विद्यालयमा आयोजित एक कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दुलाल खतिवडा तथा शिक्षासेवी राईले संयुक्त रूपमा विद्यार्थीहरूलाई नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।

विज्ञापन

सो अवसरमा शिक्षासेवी राईले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्न पुरस्कार वितरण गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको प्रोत्साहनका लागि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शैक्षिक उपलब्धिका दृष्टिले महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधाराका उत्कृष्ट विद्यालयमध्ये एक मानिन्छ। हालै सम्पन्न एसईई परीक्षामा विद्यालयले अर्जुनधारा नगरपालिकाभित्र दोस्रो उत्कृष्ट नतिजा हासिल गरेको थियो भने कक्षा ८ को परीक्षामा नगरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय