अर्जुनधाराबाट चिरान काठसहित पिकअप र दुई जना पक्राउ



9,000 SHARES

झापा । अर्जुनधारा नगरपालिकाबाट अवैध रूपमा ओसारपसार गरिँदै गरेको तयारी चिरान काठसहित एक पिकअप र दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलको शनिश्चरे बेसबाट खटिएको टोलीले आज बिहान करिब ७ बजे अर्जुनधारा–३ स्थित नेपालडाँडा क्षेत्रमा चेकजाँचका क्रममा मे १ ज ११७८ नम्बरको बोलेरो पिकअप नियन्त्रणमा लिएको हो।

विज्ञापन

सशस्त्र प्रहरी नायव निरीक्षक अमरबहादुर भुजेलको नेतृत्वमा खटिएको टोलीले इलामबाट झापातर्फ आउँदै गरेको उक्त पिकअपलाई शङ्कास्पद देखिएपछि जाँच गरेको थियो। जाँचका क्रममा स्थानान्तरण इजाजतपत्रबिनाको अन्दाजी २ लाख ३२ हजार २३८ रुपैयाँ बराबरको तयारी चिरान काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

विज्ञापन

पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका–८ जितपुर निवासी २४ वर्षीय चालक साजन मगर र ४० वर्षीय सहचालक सरोज कट्टेल रहेका छन्।

बरामद गरिएका सामग्रीमा ६ थान झ्यालका चौकट, ६ थान ढोकाका चौकट, २४ थान झ्यालका पल्ला, १४ थान कुर्सी तथा एक थान टेबल रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पाखरेलका अनुसार करिब १० लाख रुपैयाँ मूल्यको बोलेरो पिकअपसहित कुल १२ लाख ३२ हजार २३८ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्ति, पिकअप तथा बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि कन्काई सब–डिभिजन वन कार्यालय, सुरुङ्गामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय