|
9,000 SHARES |
बिर्तामोड । झापाको बिर्तामोडमा मोफसलकै ठुलो पुरस्कार राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । आगामी असार ४ गतेबाट बिर्तामोडमा ‘बिर्तामोड मेयर कप नेपाल मास्टर – २०८३’ हुन लागेको हो ।
बिर्तामोड स्नुकरको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा हुन लागेको नेपाल मास्टरमा राष्ट्रिय स्तरका खेलाडी १६ जना, कोशी प्रदेशका १६ जना खेलाडी प्रतियोगितामा सहभागी हुने खेलकुद विकास समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए । त्यसमध्ये ८ जना खेलाडीहरु बिर्तामोडकै हुने जनाइएको छ ।
बिर्तामोड अदुवा पुल नजिकै रहेको बिर्तामोड स्नुकरमा सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख नगद, ट्रफी, मेडल, सर्टिफिकेट प्राप्त गर्ने नवल अग्रवालले जानकारी दिए ।
यो राशी काठमाडौं बाहिरको ठुलो रहेको बताइएको छ । आयोजकका अनुसार हाइएस्ट ब्रेक गर्नेलाई ३५ हजार र सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार नगद प्रदान गरिने जनाइएको छ ।
स्थानीयस्तरमा ओझेलमा परेको स्नुकर खेललाई प्रतियोगिता मार्फत संरक्षण गर्दै खेलाडीहरुलाई प्रोत्साहन गर्दै प्रतिष्पर्धा गर्न सक्ने बनाउन कार्यक्रमको आयोजना गरिएको आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीले जानकारी दिए ।










