कार्यकर्ता कल्याण अक्षयकोष घोषणासँगै सहयोगको प्रतिबद्धता



9,000 SHARES

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी दमक–८ ले स्थापना गरेको विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणासँगै कार्यकर्ताहरूले एक लाखभन्दा बढी रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज आयोजित विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणा तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागी कार्यकर्ताहरूले अक्षयकोष वृद्धिका लागि एक लाख २३ हजार ५ सय ४० रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । अक्षयकोष मस्यौदा समिति संयोजक मनकुमार गदालको परिकल्पनामा पार्टी कमिटीले उक्त अक्षयकोष स्थापना गरेको हो ।

विज्ञापन

वडा कमिटी अध्यक्ष खेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा अक्षयकोष मस्यौदा समिति संयोजक मनकुमार गदालले अक्षयकोष शुभारम्भका लागि ५ हजार रुपैयाँको चेक वडा कमिटी अध्यक्ष तथा विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष सञ्चालन समिति संयोजक खेमबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य होमबहादुर थापाको उपस्थितिमा चेक हस्तान्तरण गरिएको वडा कमिटी सचिव प्रकाश रिजालले जानकारी दिनुभयो ।

विज्ञापन

कार्यक्रममा पार्टीमा लामो समयदेखि योगदान पुर्‍याएका वडा भित्रका ९ जना अग्रज कार्यकर्तालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पर्शुराम लुइटेल, रामचन्द्र भण्डारी, लिलम कटुवाल, इन्द्रप्रसाद ढकाल, रत्नबहादुर गजमेर विश्वकर्मा, रमेशकुमार रिजाल, सुशिला गौतम, बमबहादुर नेपाल र जसोदा देवी रिजाल रहेका छन् ।

उहाँहरूलाई एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य एवं प्राकृतिक स्रोत तथा पूर्वाधार समिति सभापति होमबहादुर थापाले सम्मान गर्नुभएको वडा कमिटी उपाध्यक्ष युवराज आचार्यले बताउनुभयो ।

सम्मानितमध्ये रमेशकुमार रिजाल र रत्नबहादुर गजमेरले बोल्दै जीवनका स्मरणीय क्षणमध्ये आजको दिन विशेष रहेको भन्दै सम्मानप्रति खुशी व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि थापाले कार्यकर्ताको हितका लागि आवश्यक कामको सुरुआत भएको बताउनुभयो । एमाले कोशी प्रदेश स्थानीय विभाग सदस्य तथा दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहाल ‘दीपेश’ले वडाका गतिविधिबारे जानकारी दिँदै अक्षयकोष सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष सम्बन्धी प्रस्ताव संयोजक गदालले प्रस्तुत गर्नुभएको थियो । विस्तारित भेला तथा घोषणा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको सदस्य हरिमाया चुडालले जानकारी दिनुभयो ।

अक्षयकोष मस्यौदा समितिमा मनकुमार गदाल संयोजक तथा खेमबहादुर श्रेष्ठ, प्रकाश रिजाल, हरिमाया चुडाल र ममता रसाइली सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय