|
9,000 SHARES |
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष परीक्षामा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेअनुसार बोर्डले नतिजा प्रकाशन गरेको हो।
यस वर्षको परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए।
यसैगरी, जापानस्थित एभरेस्ट स्कुल बाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ वटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो।










