|
9,000 SHARES |
झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले नेपाली सेनालाई सुकुम्बासीहरूको लगत उपलब्ध नगराउन स्थानीय तहलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राईले सेना सुकुम्बासीको लगत माग्ने निकाय नभएको भन्दै पालिकाहरूलाई त्यस्तो विवरण नदिन अनुरोध गरेका हुन्।
उनले लेखेका छन्, “सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला। सुकुम्बासीको लगत माग्ने निकाय सेना र प्रहरी होइन। यो सरासर गलत छ। आतंक सिर्जना गर्न खोजिएको हो।”
राईले सुकुम्बासीको विवरण संकलन र व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित सरकारी निकायको भएको उल्लेख गर्दै सुरक्षा निकायमार्फत यस्तो प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने बताएका छन्।
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा यस विषयलाई लिएर विभिन्न प्रतिक्रिया आउन थालेका छन्।










