|
9,000 SHARES |
काठमाडौँ । रामचन्द्र पौडेलले संघीय संसद् अधिवेशन स्थगन गरेका छन्। मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकको निर्णयअनुसार अधिवेशन स्थगन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्कै वैशाख ८ गतेको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए। तर, सोही सरकारको पछिल्लो सिफारिसका आधारमा अधिवेशन सुरु हुनुअघि नै स्थगन गरिएको हो।
सरकारकै सिफारिसमा आह्वान भएको संसद् अधिवेशन पुनः सरकारकै सिफारिसमा स्थगन हुनु राजनीतिक रूपमा चासोको विषय बनेको छ। अधिवेशन स्थगनको स्पष्ट कारण भने सार्वजनिक गरिएको छैन।










