भारतसंग जोडीएका पूर्वी नाका ७२ घण्टाका लागि बन्द



9,000 SHARES

झापा । भारतको पश्चिम बङ्गाल राज्यमा हुने विधानसभा चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि नेपाल–भारत पूर्वी सीमानाका बन्द गरिएको छ।

भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि बैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टा तथा इलामको पशुपतिनगरसँग जोडिएका नाकाबाट मानिस र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।

विज्ञापन

बैशाख १० गते पश्चिम बङ्गालमा विधानसभा चुनाव हुँदैछ। यसअघि पनि नेपाल र भारतबीच चुनावको समयमा आपसी सहमतिमा सीमामा आवागमन बन्द गर्दै आइएको थियो।

विज्ञापन

‘बोर्डर सिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ। यद्यपि, उपचारका लागि बिरामी र अति आवश्यक कामका लागि परिचयपत्र देखाएर सीमामा आवतजावत गर्न अनुमति दिइनेछ।

त्यसैगरी, नेपाल र बङ्गलादेशका पर्यटकलाई आफ्नो मुलुक फर्कन आवश्यक कागजात देखाएमा भारतीय प्रशासनले सहजीकरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय