|
9,000 SHARES |
काठमाडौँ। सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता समाधान गर्ने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गरेका छन्।
छलफलका क्रममा मुख्यमन्त्रीहरूले आ–आफ्ना प्रदेशका समस्या प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शाहले उठाइएका विषयमा चासोपूर्वक सुन्दै थप स्पष्ट पार्न र समाधानका विकल्पबारे अन्तरक्रियात्मक शैलीमा छलफल गरेका थिए।
प्रधानमन्त्रीले कतिपय प्राविधिक तथा व्यावहारिक समस्याहरू तत्काल समाधान गर्न सकिने उल्लेख गर्दै आवश्यक उपायसमेत सुझाएका थिए। नीतिगत जटिलता फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले सङ्घ र प्रदेशबीचका समस्याहरू समाधान गर्न सरकार तयार रहेको बताए।
प्रधानमन्त्री शाहले प्रदेश सरकारहरूले आफ्नै स्तरबाट तत्काल कार्यान्वयन गर्न सकिने सुधारका कामहरू ढिला नगरी अघि बढाउन पनि आग्रह गरे।










