|
9,000 SHARES |
झापा । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लाग्दै जाँदा निगमलाई ठूलो आर्थिक घाटा बेहोर्नु परेकाले मूल्य समायोजन गरिएको जनाएको छ।
निगमले सार्वजनिक गरेको नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल तथा मट्टितेलमा प्रति लिटर २५ रुपैयाँ बढाइएको छ। यससँगै अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६ रुपैयाँ ५० पैसा देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य २०४ रुपैयाँ ५० पैसा देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ। त्यसैगरी, १४।२ केजीको एलपी ग्यासमा प्रति सिलिण्डर १०० रुपैयाँ वृद्धि भई मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन ९आन्तरिक० पनि प्रति लिटर ६ रुपैयाँले महँगिएको छ।
मूल्य वृद्धि गरे पनि निगमको घाटा पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। निगमका अनुसार पेट्रोलमा प्रति लिटर १६ रुपैयाँ ६५ पैसा, डिजेलमा प्रति लिटर १०९ रुपैयाँ ५० पैसा र एलपी ग्यासमा प्रति सिलिण्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा कायमै रहेको छ। भन्सार महसुल तथा पूर्वाधार विकास कर समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब १० अर्ब रुपैयाँभन्दा बढी घाटा हुने अवस्था रहेको जनाइएको छ।
निगमले यस्तो अवस्था दीर्घकालीन रूपमा कायम रहे इण्डियन आयल कर्पोरेशन लाई भुक्तानी गर्न कठिनाइ हुन सक्ने र त्यसले इन्धन आपूर्तिमा प्रत्यक्ष असर पार्न सक्ने चेतावनी दिएको छ। बढ्दो घाटा र आपूर्ति व्यवस्थापनमा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोग मितव्ययी बनाउन आग्रह गरेको छ।










