|
9,000 SHARES |
काठमाडौं । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न भने अस्वीकार गरेको हो।
अदालतले तोकिएको समयसीमाभित्र अनुसन्धान सम्पन्न गर्न निर्देशन दिँदै सो अवधिमा प्रक्रिया पूरा हुन नसके दुवैलाई हिरासतबाट मुक्त गर्नुपर्ने स्पष्ट पारेको छ। आदेशमा फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाउन भनिएको छ।
भदौ २३ गतेको ‘जेन–जी आन्दोलन’ का क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको तथा त्यसलाई रोक्न प्रयास नभएको आरोपमा चैत १४ गते उनीहरू पक्राउ परेका थिए। उक्त प्रकरणमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौं को अनुमतिमा प्रहरीले उनीहरूलाई हिरासतमा राख्दै आएको छ।










