|
9,000 SHARES |
झापा । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।
दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, कर्णाली, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।










