हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय , कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म



9,000 SHARES

काठमाडौ । नेपाल सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

विज्ञापन

साथै, सरकारी कार्यालयको समय बिहान ९ बजेबाट साँझ ५ बजेसम्म कायम गर्ने निर्णय पनि गरिएको छ।

विज्ञापन

तर शैक्षिक संस्थाहरूमा कार्यालय समयमा यो परिमार्जन लागू हुने छैन।

सरकारले यसैबिच, एसियाली विकास बैंक र विश्व बैंकबाट विभिन्न परियोजनाका लागि सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय