काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ



9,000 SHARES

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलन का समयमा काठमाडौंका सीडीओ थिए। सो आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनामा दमन गरेको आरोप उनीमाथि लागेको छ। आन्दोलनपछि उनी एक महिना नपुग्दै सीडीओ पदबाट हटाइएका थिए।

विज्ञापन

रिजाल तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे। उक्त घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोग (गौरीबहादुर कार्की नेतृत्व) ले पनि उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा यसअघि केपी शर्मा ओली र रमेश लेखकलाई समेत पक्राउ गरिसकिएको छ।

विज्ञापन

यसअघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। त्यतिबेला कर्मचारीलाई अध्यागमन तथा आकर्षक कार्यालयमा सरुवा गर्दा पेशागत आचरणविपरीत काम गरेको आरोप पनि उनीमाथि लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा पठाएको विवरणअनुसार रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान जारी छ। साथै, तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग सम्बन्धित गतिविधिहरू पनि अनुसन्धानको दायरामा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय