|
9,000 SHARES |
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनमा सुनुवाइ जारी राख्दै ‘हेर्दाहेर्दै’मा राखेको छ। अब उक्त रिटको सुनुवाइ बिहीवार (चैत ५ गते) हुने भएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतवारदेखि सुरु भएको सुनुवाइ मंगलबार पनि नसकिएपछि अर्को मितिमा सारिएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त रिटलाई नियमित सुनुवाइका लागि चैत १ गते पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको निर्णयअनुसार लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।










