समानुपातिक सांसद छनोटका लागि एमाले केन्द्रीय सचिवालय बैठक बस्दै



9,000 SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको छ।

बैठकले प्रतिनिधिसभामा पार्टीले प्राप्त गरेको समानुपातिकतर्फका सांसदहरूको नाम छनोट गर्ने मुख्य कार्यसूची रहेको जनाइएको छ।

विज्ञापन

त्यसैगरी अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओली, पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राई र कृष्ण थापा लगायत दिवंगत नेताहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम पनि बैठकमा रहने बताइएको छ।

विज्ञापन

एमाले नेता महेश बस्नेतका अनुसार बैठकमा समानुपातिक सांसद छनोटका साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय