प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर



9,000 SHARES

काठमाडौं । निर्वाचन आयोगले करोडौँ रुपैयाँ खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बदर मतको प्रतिशत उल्लेख्य देखिएको छ। विशेषगरी प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) ५ प्रतिशतभन्दा बढी मत बदर भएपछि आयोगले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यसपटक बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउने र बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। तर प्रारम्भिक तथ्यांकले आयोगको अपेक्षाअनुसार बदर मत कम हुन नसकेको देखिएको छ।

विज्ञापन

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ करिब ३ प्रतिशत हाराहारीमा मत बदर भएको छ भने प्रत्यक्षतर्फ यो संख्या ५ प्रतिशतभन्दा माथि पुगेको छ। प्रारम्भिक अध्ययनले प्रत्यक्षतर्फ धेरै मतदाताले एउटै मतपत्रमा दुईवटा चुनाव चिह्नमा छाप लगाएका कारण मत बदर भएको हुन सक्ने संकेत गरेको छ। प्रत्यक्ष प्रणालीमा एउटा मात्र उम्मेदवार छान्नुपर्ने भए पनि दुई वा सोभन्दा बढी चिह्नमा मत संकेत गर्दा मतपत्र स्वतः बदर हुन्छ।

विज्ञापन

बदर मतको वास्तविक प्रकृति र कारणबारे विस्तृत अध्ययन भइरहेको आयोगले जनाएको छ। यसका लागि मतदानअघि नै जिल्ला कार्यालयहरुलाई अध्ययन गर्न अनुरोध गरिएको थियो र सोको प्रतिवेदन प्राप्त भएपछि थप तथ्य सार्वजनिक गरिने बताइएको छ।

बदर मतको दर अपेक्षाभन्दा बढी देखिएपछि आयोगले आगामी दिनमा मतदाता शिक्षाको शैली परिवर्तन गर्ने तयारी गरेको छ। परम्परागत तरिकाले मात्र प्रभाव नपरेको निष्कर्ष निकाल्दै अब मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहने उम्मेदवार र राजनीतिक दलहरुलाई पनि मतदाता शिक्षा कार्यक्रममा सक्रिय रूपमा सहभागी गराउने रणनीति आयोगले बनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय