त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु



9,000 SHARES

चितवन । साहसिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन र्‍याफ्टिङ तथा कायकिङ महोत्सव मंगलबारदेखि त्रिशूली नदी मा सुरु भएको छ।

महोत्सवअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा कुल ५१ जना प्याडलर सहभागी भएका छन्।

विज्ञापन

पहिलो दिन ९३०० मिटर दूरीको कायाक स्प्रिन्ट र राफ्ट स्प्रिन्ट प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ। कायाक स्प्रिन्टतर्फ सबै ५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

विज्ञापन

साहसिक जलखेलको माध्यमबाट नेपालको प्राकृतिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने तथा साहसिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

Photo : NPL

आयोजकका अनुसार महोत्सवले विदेशी खेलाडी र पर्यटकलाई आकर्षित गर्दै नेपालको साहसिक पर्यटन क्षेत्रलाई विश्वस्तरमा प्रचार–प्रसार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय