तोलामा ३ हजार ८ सय बढ्यो सुन



9,000 SHARES

झापा । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा बढेको हो।

विज्ञापन

यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ पुगेको छ। यसले एकैदिन चाँदीको मूल्य करिब ५.७ प्रतिशतले वृद्धि भएको देखाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय