दुबईमा नेपालीसहित ३ जना मारिए, इजरायलमा मृतक संख्या ९ पुग्यो



9,000 SHARES

दुबई । मध्यपूर्वमा तनाव चर्किँदै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई) र इजरायलमा क्षति तथा मानवीय हताहतीको विवरण सार्वजनिक भएको छ।

यूएईको रक्षा मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल पहिचान गरिएकोमध्ये १५२ वटा नष्ट गरिएको छ भने दुई वटा क्रुज मिसाइल ध्वस्त पारिएको छ।

विज्ञापन

ध्वस्त गरिएका मिसाइलका टुक्रा खस्दा तीन जनाको मृत्यु भएको जनाइएको छ। मृतकमध्ये एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेको पुष्टि गरिएको छ। यद्यपि उनीहरूको परिचय सार्वजनिक गरिएको छैन। घटनामा ५८ जना घाइते भएका छन्।

विज्ञापन

त्यस्तै ५४१ वटा इरानी ड्रोन पहिचान गरिएकोमा ५०६ वटा अवरोध गरी नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।


इजरायलमा ९ जनाको मृत्यु

https://live-production.wcms.abc-cdn.net.au/e845030c3c7fcb367530bf1f74268133?cropH=1066&cropW=1066&height=862&impolicy=wcms_crop_resize&width=862&xPos=265&yPos=0
उता Israel Defense Forces (आईडीएफ) ले इरानी ब्यालेस्टिक मिसाइल आक्रमणमा ज्यान गुमाउनेको संख्या ९ पुगेको जनाएको छ। भग्नावशेषमुनिबाट थप एक शव निकालिएपछि मृतक संख्या बढेको उद्धारकर्मीहरूले बताएका छन्।
 

मिसाइल सहरको आवासीय क्षेत्रमा प्रहार हुँदा एक सभाघर पूर्ण रूपमा ध्वस्त भएको छ भने सार्वजनिक बम आश्रयस्थल र आसपासका घरमा ठूलो क्षति पुगेको छ।

आईडीएफले उक्त मिसाइल किन अवरोध हुन सकेन भन्ने विषयमा आन्तरिक छानबिन सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Authors

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय