|
9,000 SHARES |
धरान । सुनसरीको धरानमा जारी प्रतिष्ठित २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। झापा ११ सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको हो।
मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा झापा ११ ले सातदोबाटो युथ क्लब, ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
झापाको जितमा राजेश दाहालले खेलको १७औँ मिनेटमा पहिलो गोल गरेका थिए भने एरोन थापाले ८९औँ मिनेटमा निर्णायक गोल थपे। सातदोबाटोका लागि बबिरसाले ५८औँ मिनेटमा सान्त्वना गोल गरे।
खेलको अन्त्यतिर सातदोबाटोका गोलकर्ता बबिरसाले रातो कार्ड खाँदै मैदान छाडेपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। झापा ११ का एरोन थापा उत्कृष्ट प्रदर्शनका कारण ‘म्यान अफ दि म्याच’ घोषित भए।










