शिवसताक्षीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : सेभेनसीज मावि प्रथम



9,000 SHARES

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेनसीज माध्यमिक विद्यालय प्रथम भएको छ । सेभेनसीजले ९ स्वर्ण, ७ रजत र ९ कास्य पदकसहित शीर्ष स्थान हासिल गरेको हो ।

प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ९ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने झिलझिले माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ८ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।

विज्ञापन

विजेता विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख मेगाहाङ थोप्रा, शिक्षा शाखा प्रमुख छविलाल ढकाल, सामाजिक विकास समिति सदस्य यशोदा विमलीलगायतले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

विज्ञापन

माघ २४ गतेदेखि दुधे रंगशालामा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका ४० विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय